Central Department of Biotechnology

Kirtipur, Kathmandu

नेपालकै सरकारी प्रयोगशालामा जिन सिक्वेन्सिङ

नेपालकै सरकारी प्रयोगशालामा जिन सिक्वेन्सिङ

2021-09-27

 

अनलाइन खवर, कोरोना भाइरसको नयाँ भेरियन्टको पहिचानका लागि गरिने जिन सिक्वेन्सिङ सरकारी प्रयोगशालामा नै शुरु भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार त्रिवि जैविक प्रविधि केन्द्रीय विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा जिन सिक्वेन्सिङ शुरु भएको हो ।

सोमबार डा. झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि जैविक केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नयाँ नमुनाहरु संकलन गरी ४२ वटाको जिन सिक्विनिङ गरिएको थियो ।

भदौ र असोजमा संकलन गरिएका ४१ नमुनामा डेल्टा भेरियन्ट देखिएको छ । गत वैशाख महिनाको एउटा नमुनामा भने एस जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको उनले बताइन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले यसअघि कोरोनाको कुन भेरियन्ट फैलिएको भन्ने पहिचानका लागि जिन सिक्वेन्सिङ गर्न भारत, हङकङलगायतका मुलुकमा नमुना पठाउने गरिन्थ्यो ।

अब भने नेपालकै सरकारी प्रयोगशालामा जिन सिक्वेन्सिङ हुने उनको भनाइ छ । 
 

https://www.onlinekhabar.com/2021/09/1019324?fbclid=IwAR2UMsw1OrS6MM9imO7pwCJgjb7khBtoK-UFqkk-3nzkbibe-Ebcyb-APB8